मोटरसाइकल चोरी गर्ने ११ जना प्रहरीको फन्दामा

Share:

काठमाण्डौं । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जना प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न ठाउँबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चन्द्रागिरिका रिन्जेन मोक्तान, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, बर्दियाका राजु पौडेल, सिन्धुलीका विक्रम भुजेललगायत छन् ।

उक्त गिरोहले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गरेको जनाइएको छ । उनीहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: