
गुल्मी । गुल्मीकोे इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति आगलागि हुँदा ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनएको छ । आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेर घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
