बसको ठक्करबाट छात्राको मृत्यु, सुकेधारा–चाबहिल क्षेत्र तनावग्रस्त

Share:

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भएकी २१ वर्षीया सृष्टि पन्त रहेकी छन् ।

पन्तलाई सडक पार गर्ने क्रममा आज सोमबार विहान पौने ६ बजे भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका पन्तको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दै थिइन् ।

सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनावग्रस्त बनेको छ । आक्रोशित विद्यार्थील् भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । पन्तलाई ठक्कर दिएर बस भागेपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन्।

आगजनी गरेको अभियोगमा प्रहरीले नेविसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: