सुदूरपश्चिम प्रदेशमा पुस १० गते सार्वजनिक बिदा

Share:

कैलाली । पुस १० गते बिहीवार परेको भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको छ । प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

के हो भुवा पर्व ?

भस्सी जात्रा भस्सो अथवा भुवा पर्व पश्चिम नेपालको बाजुरा, बझाङ, दार्चुला लगायत भारतको उत्तराखंड लगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक पर्व ‘भुवा’ हरेक वर्ष पुस महिनामा मनाइन्छ भने दैलेख र अछाममा यो पर्व लक्ष्मी पूजा औँशीको अघिल्लो राती अथवा कुकुर तिहारको रात्री मनाइने जात्रा भस्सोलाई “भुवा” पनि भनिन्छ। यो जात्रामा केटा मान्छेहरू भैले जात्राको जस्तै बाजा गाजाका साथमा केटा मान्छेले अन्ट सन्ट (छाडा) भाषाहरूको प्रयोग गरी भस्सो खेल्ने गर्दछन्।

महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको विश्वास गरिन्छ। त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजययात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती छ। यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजासहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर-घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन्।

‘भोस्को’ खेलका माध्यमबाट समाजका विकृति-विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ। यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास छ। भुवा खेल्ने स्थानमा देवीलाई पूजा-आजा गरी बलीसमेत चढाई सकेपछि भुवा पर्वको विसर्जन गरिन्छ भुवा विसर्जन गर्ने कार्यलाई अछाममको स्थानीय भाषामा भुवो सेलाउने पनि भन्ने गरिन्छ ।

पहिलेका दिनहरूमा राजा रजौटाहरूले आफ्ना भाई भारदार लगाय जनताहरूलाई आत्म रक्षाको लागि खेतीको काम सकाएर फुर्सतको समयमा ढाल तरवार खेल्न सिकाउनको निमित्त भूओ अथवा भस्सो खेलाउने गरेको र हाल यो पर्व मनोरञ्जनको लागि मनाईएको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
Share: