समाजवादीले सरकार छाड्ने, औपचारिक घोषणा भोलि गरिने

Share:

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। सरकार छाडेको औपचारिक घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।

संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । त्यसयता यादव असन्तुष्ट रहँदै आएका छन् । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । हाल सरकारमा कानुनमन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मात्र रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: