पोखराका व्यवसायीलाई चाइनिज र अंग्रेजी भाषाको तालिम

Share:

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा तीन महिने चाइनिज र अंग्रेजी भाषाको तालिम सुरु भएको छ । तालिममा २० उद्यागी व्यवसायीको सहभागिता रहेको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले तालिमको उदघाटन गर्दै विस्तारै अरु भाषाको तालिम पनि चलाउने बताए ।

चिनीयाँ राजदुतावासको सहकार्यमा एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिँदै उनले नेपाल चेम्बर ७० औं वर्ष प्रवेश र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा तालिम चलाएको जानकारी दिए । उनले नेपाल सरकारको आर्थिक सल्लाहाकारको रुपमा रहेको चेम्बरले उद्योगी व्यापारीको हक हित र सरकारलाई नीतिगत सल्लाह दिएको बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारीले चिनीयाँ भाषाको तालिमले व्यावसायको प्रवद्र्धन र व्यक्तिगत विकासमा सहयोग पुग्ने बताइन् । उनले चेम्बरले महिला उद्यमीहरुलाई आत्म निर्भर बन्नको लागि सिलाई कटाई तालिम दिएको जानकारी दिइन् ।

चेम्बरका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले उद्योगी व्यापारीको व्यापार व्यवसाय प्रवर्धनको लागि चिनियाँ भाषाको तालिम चलाएको बताए । पोखरा चेम्बरका अन्तराष्ट्रिय विभाग प्रमुख रविबहादुर विकले निगता इन्टरनेशनल ल्याङगवेज एण्ड ट्रेनिङ्ग इन्टिच्युट प्रालिको प्राविधिक सहयोगमा रहेको तालिमको प्रशिक्षक विश्वास पालिखे रहेको जानकारी दिए । काठमाण्डौ केन्द्रीत चेम्बरले २०७४ सालदेखि जिल्ला तथा नगरहरुमा शाखा विस्तार गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: