
पोखरा । देशका धेरै ठाउँको मौसम बदली भइ देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको छ ।
मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको जनाइएको छ । नेपालमा कुनै पनि नयाँ प्रणाली नदेखिएकाले अबको एक दुई दिन पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
