विप्लवका दुई कार्यकर्ता पक्राउ

Share:

पोखरा। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेका छन्।

विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्
Share: