
पोखरा। पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा शनिबार चितवन राइनोज र बिराटनगर टाइटन्स खेल्दै छन्। पोखरा क्रिकेट मैदानमा चितवन र बिराटनगर बिचको खेल ११:३० मा सुरू हुनेछ।
पीपीएलको गत संसकरणको उपविजेता समेत रहेको चितवनले लिग चरणका सबै खेल जित्दै फाइनलमा आफ्नो स्थान बनाएको थियो। यस्तै बिहिबार भएको ईलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै विराटनगरले चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।
पहिलो संस्करणको उपाधि घरेलु टोली पोखराले जितेको थियो। नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने छ ।प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया पाउने छन् ।

