
काठमाण्डाै – काठमाण्डाैको तापक्रम शून्य तर्फ ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।
गएकाे बिहीबार काठमाण्डौको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
