क्रान्तिकारी माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप, नेता सिपी गजुरेल पक्राउ

Share:

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ता र प्रहरीबीच काठमाडौको अनामनगरमा झडप भएको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा प्रदर्शनमा उत्रेका उनीहरु सिंहदरबारतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

झडपपछि नेता सिपी गजुरेलसहित आधा दर्जन कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा समेत मागेका छन् ।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय संसद भवन बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेल पक्राउ परेका हुन् । प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: