
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो ।
तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
वीरेन्द्र नेपालका दशौं शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो।
यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए। वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो।
पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए। राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो।
पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।
तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।


