४ दिनदेखि सुनको मूल्य स्थिर

Share:

काठमाडौँ । चार दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ७३ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भैरहेको छ ।

यता चाँदीको मूल्य भने घटबढ भइरहेको छ । शुक्रबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८ सय ८५ रुपैयाँमा कारोबार भयो । यस्तै सोमबार फेरि ८ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: