

पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । तमु ल्होसार परेकाले प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएकोे हो ।
मंगलबार प्रदेशका ११ वटै जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् ।
सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारमा दिइदै आएको बिदा कटौती गरेको भन्दै सो समुदायले बिदा दिन माग गर्दै आएका थिए । गएको बुधबार बसेको मन्त्रीपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
