तनहुँ रातमाटाका २ बर्षिय बालक मृत फेला, चितुवाले खाएको आशंका

Share:

तनहुँ – तनहुँमा चितुवा आतंक छ । तर, जति चितुवा नियन्त्रणमा लिएर जिल्ला बाहिर पठाएपनि ज्यान जाने क्रम भने रोकिएको छैन । पुस १० गते रातिमात्रै छैटौं चितुवा नियन्त्रणमा लिइएको छ । बालबालिकाको ज्यान भने गई नै रहेको छ ।

आइतबार साँझदेखि हराएका शुक्लागण्डकी ३ रातमाटाका २ बर्षिय बालक रविन नेपाली विभत्स अवस्थामा मृत फेला परेका छन्। घरदेखि करिब २ किमि माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक बनमा फेला पारिएको हो । शववको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने आंकलन गरिएको उदेनढुङ्गा टोल विकास समितिका अध्यक्ष गोकर्ण पुवरले बताए ।

बालकको टाउको छुट्टिएको, पेट तथा ढाडको मासु खाएको र घुडाँ देखि तलको भाग मात्र बाँकी रहेको अवस्थामा बालकको शव फेला पारिएको पुवरले बताए । स्थानियवासी र इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले सोमबार बिहानैदेखि खोजी गरेका थिए ।

आइतबार साँझ करिब ६ बजेको समयमा पिढिँ बसेर खाना खाइरहेका बालक घरबाटै हराएका थिए । बालकका आमा लक्ष्मी नेपालीभित्र खाना बनाएर बाहिर निस्किदाँ खाना खाइरहेका छोरा हराएका थिए । यस अघि तनहुँकै भानुमा ६ जना बालबालिकाको बाघको आ’क्रमणबाट ज्यान गएको थियो भने चारजना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: