पहिलो बिग आइकन गगन पुन र मेलिना राईको पहिलो पञ्चेबाजा गीत ‘बेनी बजार’ ले चर्चा बटुल्दै (भिडियोसहित)

Share:

पोखरा । पहिलो बिग आइकन गगन पुनले पहिलो पञ्चेबाजाको गीत बजारमा ल्याएका छन् । म्याग्देली ठिटो गगनको ‘बेनी बजार’ बोलको गीतले चर्चा बटुलिरहेको छ । मौलिक र स्थानीय संस्कृति झल्किएको यो गीतमा चर्चित गायिका मेलिना राइले गायनमा साथ दिएकी छन् । लोकपप, सालैजो, सोरठी लगायतका दर्जनौँ गीतहरु बजारमा ल्याइसकेका गगन आफ्नो पहिलो पञ्चेबाजाको गीतले चर्चा बटुल्दा उत्साहित छन् ।

गीतमा गगनको आफ्नै संगीत रहेको छ । कुमार थापाको संगीत संयोजन छ । गीतमा चर्चित मोडेल आरुषी मगरसंग गगन आफै स्क्रिन शेयर गरेका छन् । सालीभेनाको मिठो संवादबाट भिडियो सुरु भएको छ । दग्नाम नौमती बाजा समूहको प्रस्तुतिमा तयार गरिएको म्युजिक भिडियोमा बेहुला बेहुलीको भुमिकामा स्थानीय युवा गुन पुन ‘गुञ्जन’ र संगीता पुनको दम्पतीको अभिनय रहेको छ ।

संगीतकार देव पुनले शब्द मात्र लेखिदिएका छैनन्, उनैले भिडियो निर्देशन पनि गरेका छन् । दिलिप रानाको नृत्य निर्देशन रुचाइएको छ । भिडियोलाई जोडजाम र राम्रो बनाइदिने छबि राना हुन् । गीतको भिडियोमा कलाकार संयोजनको काम प्रकाश गर्बुजा, लक्ष्मी गर्बुजाले गरिदिएका हुन् । कमल पुनले राम्रो खिचेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियोम बिबोइङ डान्स, थाली नाच साथै आफ्नै गाउँ ठाउँ म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको मौलिक भेषभुषालाई समाहित गराइएको छ । मगर समुदायको बाहुल्यता रहेको आफ्नो दग्नाम गाउँमै छायाँकन गरिएको हो । स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको सहयोगमा भिडियो निर्माण गरिएको थियो । गीतको भिडियोलाई गायक गगन पुनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । १५ दिनमै २ लाख बढीपटक हेरिएको छ ।

दग्नाम–दर्मिजा समाज पोखराको प्रस्तुतिमा गायक पुनकै स्वरमा रहेको सालैजो गीत समेत छिट्टै म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ ।

झण्डै एक दशकअघि पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ ले आयोजना गरेको नेपालकै सबैभन्दा धेरै संस्करणको इतिहास बनाएको चर्चित गायन रियालिटी शो बिग आइकनको प्रथम संस्करणको बिजेता हुन् गगन पुन । सो संस्करणमा सहभागी हुने सिडि बिजय अधिकारी भ्वाइस अफ नेपाल जिते । दुर्गा परियारले खोजी प्रतिभाको टाइटल जितिन् । योगेश काजी, नरजंग गुरुङहरु नेपाली संगीत आकाशमा छाउन सफल भए । यसै, बिग आइकनका पछिल्ला संस्करणहरुमा सहभागिता जनाउने बुद्ध लामा नेपाल आइडल बने । सागर आलेमगर, निलिमा थापा मगर अरु बिग आइकनकै उत्पादन हुन् । गगन गायकसँगै राम्रो म्युजिक कम्पोजर समेत हुन् ।

कमेन्ट गर्नुहोस्
Share: