भ्रमण वर्ष सफलताको कामनासहित साझा पार्टी कास्कीले ग¥यो दीप प्रज्वलन

Share:

पोखरा । साझा पार्टी कास्कीले भ्रमण वर्ष सफलताको कामनासहित दीप प्रज्वलन गरेको छ । बुधबार साँझ पार्टीको अभियान विभागको आयोजनामा पोखराको सृजनाचोकमा दीप प्रज्वलन गरिएको हो ।

बुधबारदेखि शुरू भएको नेपाल भ्रमण वर्ष २०२० सफलताको कामनासहित दीप प्रज्वलन गरिएको अभियान विभाग संयोजक लीलाधर लामिछानेले जानकारी दिए । उनले सबै नेपालीले हातेमालो गरे मात्रै भ्रमण वर्ष सफल हुने बताए ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले भ्रमण वर्ष सफल पार्न सरकारले गरेको लगानीको प्रतिफल आउने गरी लाग्नुपर्नेमा जोड दिए ।

‘भ्रमण वर्ष साझा मुद्धा हो । यो सरकार वा पार्टीको मात्र होइन,’ उनले अघि भने, ‘भ्रमण वर्ष सफल पार्न सरकारले गरेको लगानीको प्रतिफल आउने गरी लाग्नुपर्छ ।’ उनले भ्रमण वर्ष सफल पार्नका लागि साझा पार्टीले आफ्नो तर्फबाट पहल गर्ने स्पष्ट पारे ।

२० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य रहेको नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु भएको छ । बुधबार संघीय राजधानी काठमाडौँसहित सातवटै प्रदेशमा भ्रमण वर्षको शुभारम्भ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: