
पोखरा । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पोखरा आसपास महशुस गरिएको थियो । पोखरामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरु केहि समय घर बाहिर निस्किएका थिए । भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।
यो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपकै पराकम्प भएको केन्द्रले जनाएको छ । बुधबार दिउँसो ४:३० बजे दार्चुलाको हिकिला केन्द्रविन्दू बनाएर ३.६ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
