बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

Share:

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: