मापदण्ड विपरीत बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार

Share:

काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट ८० बालबालिकाको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा उनीहरुको उद्धार गरेको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए ।परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: