
पोखरा । आज (आइतबार) देखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट देशभरकै मौसम सामान्यतया सफा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।
तर नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएको छ ।
कमेन्ट गर्नुहोस्
