
भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट बारुदखानास्थित सडकबाट प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका– ३ घर दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगर छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा ३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात् नगदसहित पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्
