
पोखरा । पोखरा इञ्जिनियरिङ कलेज फिर्केले विगतवर्षमाझै यस वर्ष पनिवार्षिक स्पोर्ट मिट सम्पन्न गरेको छ । कलेजले ९ खेलमाविद्यार्थीहरुको अन्तर सेमेस्टर प्रतिस्पर्धा गराउदै आएको छ ।पोखराइञ्जिनियरिङ कलेजमाडिप्लोमा, व्याचलर र मास्टर गरी करिव एक हजार विद्यार्थीले अध्ययनगर्दै रहेकाछन् ।
स्पोर्ट मिटकाविजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी मेडल र रनिङ सिल्डप्रदानगर्दै गण्डकीप्रदेश सरकारका सामाजिकविकास मन्त्री नरदेवीपुनले स्वस्थ्यनागरिक उत्पादनकालागि राज्यले खेलकूद क्षेत्रमालगानीगर्दै जाने प्रतिवद्धताव्यक्त गरेकीथिइन् । खेलकूदको महत्ववुझेरै मुस्ताङमाहाइअल्टिच्यूड रंगशालानिर्माणगर्न लागिएको मन्त्रीपुनले बताइन् ।
पोखरा इञ्जिनियरिङ कलेजले फुटवल, फुटसल, वास्केटवल, व्याडमिण्टनसहितविभिन्न ९ वटा खेलकूदमाछात्रछात्राहरु वीचप्रतिस्पर्धा गरिएको थियो । स्पोर्ट मिटको समापनको कार्यक्रममा सामाजिकविकास मन्त्री नरदेवीपुनकानिजि सचिवचन्द्रमणी सापकोटा, प्रिन्सिपल ई. लेखवहादुर गुरुङ कलेजकावरिष्ठप्रशासकचिजकाजी गुरुङ लगायतकाव्यक्तित्वहरुवाटविजयीटिमलाई पुरस्कार ट्रफी मेडल र सिल्डप्रदानगरिएको थियो । स्वतन्त्रविद्यार्थी परिषद्का सभापतिकिशोर चन्द्र सुवेदीको सभापतित्वमाभएको कार्यक्रममा स्वागत सलिनागौतम र सञ्चालन परिषद्का सह सचिव सागर रानाभाटले गरेकाथिए ।


