जनकपुर उपमहानगरका मेयर र पत्रकारबीच कुटाकुट

Share:

जनकपुरधाम– जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र पत्रकारबीच कुटाकुट भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो ।

मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । बाइट लिन खोज्दा साहले मिडिया आंतक बढेको भनेपछि भनाभन भएको थियो। त्यसपछि मेयर साहका सहयोगीले कार्यकक्षमै पत्रकारमाथि कुटपिट गरेका थिए।

दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ ।

तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ घनुषा शाखाका सभापति समेत रहेका अनिल मिश्र, पत्रकारहरु अमरकान्त अमर, विकास साह, समित मिश्र लगायतले आफूहरुमाथि मेयरले कुटपिट गरेका आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: