बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो

Share:

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

कमेन्ट गर्नुहोस्
Share: