पोखराको टप्स मावि राष्ट्रिय महिला भलिबलमा एपीएफसंग पराजित

Share:

पोखरा। पोखराको टप्स माबि तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा बुधबार एपीएफसंग पराजित भएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा भएको खेलमा टप्स माबि एपीएफसंग ३-० को सोझो सेटमा पराजीत भएको हो।

प्रतियोगितामा पहिलो खेल खेलेको एपीएफसंग टप्स २५-११, २५-१० र २५-६ ले पराजित भएको हो। प्रतियोगितामा टप्स उपाधि दाबेदारका रूपमा हेरिएको छ।

प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यस संकरणमा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स माबि पोखरा, पारामाउन्ट इन्ग्लिश स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैया पाउने छन् । यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउने छन् । व्यक्तिगत विधातर्फ स्पाइकर,ब्लकर,क्विकर,सेटर,सर्भर,डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ प्रदान गरिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: