इरानमा भएको युक्रेनी विमान दुर्घटनामा सवार सबैको मृत्यु

Share:

काठमाडौं । इरानको तेहरानमा रहेको विमानस्थलबाट उडे लगत्तै दुर्घटनाग्रस्त भएको युक्रेनी विमानमा रहेका सबैको मृत्यु भएको छ । विमानमा रहेका १७६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

मृत्यु हुनेमा ८२ जना इरानी, ६३ जना क्यानडियन, चालकदलका सदस्यसहित ११ जना युक्रेनी, १० जना स्वीडिस, चारजना अफगान, तीन–तीन जना बेलायती र जर्मन रहेको जनाइएको छ।

बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १६७ यात्रु र चालक दलका ९ सदस्य गरी कुल १७६ जनासहित उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: