

तनहुँ : तनहुँमा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाईमा दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। यस्तै घटनामा गम्भीर घाइते रहेकी घिरिङ- ३ कि ४२ वर्षीया नानिमाया गुरुङकाे पनि मृत्यु भएकाे छ । उपचारका क्रममा गुरुङकाे निधन भएकाे जनाइएकाे छ ।
दुर्घटनामा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरीका अनुसार करिब १०:१५ बजे दुर्घटना भएको बसमा २५/२६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएको सबैलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । बस सडकबाट करिब ३५/४० मिटर तल खसेको हो।

