भारतको उत्तरप्रदेशमा ट्रकसँग ठोक्किएर बसमा दन्कियो आगो, २० यात्रुको मृत्यु

Share:

काठमाडौं । भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार २० जनाको मृत्यु भएको छ । अन्य २१ जनालाई बसबाट उद्धार गरिएको छ ।

यो घटना कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँको हो । स्थानीय मिडियाहरुका अनुसारमा बसमा ५० जना यात्रुहरु थिए । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई दुई(दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन् । साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: