तनहुँमा एनसेल टावरमा आगजनी

Share:

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा आगजनी गरेको छ । शनिबार राति अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

शनिबार राति करिव ११ बजे आगो लागेको एनसेलको ट्रान्सफर्मरमा पूर्ण रुपमा क्षति भएको लामिछानेले जानकारी दिए। क्षतिको एकिन हुन सकेको छैन । घटनामा संलग्नको खोजी कार्य भइरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: