पोखरामा यसरी मनाइयो पृथ्वीनारायण शाहको जन्मजयन्ती (तस्बिरमा हेर्नुहोस्)

Share:

पोखरा । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा पृथ्वी जयन्ती मनाइएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्तीको अवसरमा आइतबार पोखरामा विभिन्न संघसस्थाले कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाएका हुन् ।

आज पोखराका नागरिक समाज, क्षेत्री समाज, राप्रपालगायतका राजनीतिक दलले कार्यक्रम आयोजना गरेका थिए। पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक विदा दिने गरेपनि केही वर्षयता विदा कटौती गरेको छ । तर नागरिक स्तरबाट भने हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ ।

सम्बन्धित समाचार : आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरेर मनाइँदै

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

सम्बन्धित समाचार : राप्रपा कास्कीले मनायो राष्ट्रिय एकता दिवस

विश्व हिन्दु महासंघ कास्कीले पनि पृथ्वी जयन्ती मनाएको छ । पोखरा १८ सराङकोट, जामुनबोटको शहिद पार्कमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न विश्व हिन्दु महासंघको टोली त्यहाँ पुगेको थियो ।

पृथ्वी जयन्तीका अवसरमा जामुनबोटमा कार्यक्रम भईरहँदा जक्सन डट्कमका सचिन मल्ल ठकुरीले कैद गरेका तस्बिर हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्
Share: