
काठमाडौं । आज (सोमबार) बेलुकीदेखि पश्चिमका पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको सक्रियताका कारण दिउँसोदेखि पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
मानन्धरका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ। आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ।
कमेन्ट गर्नुहोस्
