दिलीपको परिवारलाई प्रदेश २ सरकारले ५ लाख दिने

Share:

जनकपुर। प्रदेश–२ सरकारले नदी उत्खननको विरोध गरेका कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख दिने निर्णय गरेको हो । मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

अवैध नदी उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान फलामले प्रहार गरी टिपरले किचेर हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: