
पोखरा । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ । अन्य ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट गएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ ।
घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्

