अन्नपूर्ण आधार शिविरमा चार पर्यटकसहित एक नेपाली वेपत्ता

Share:

पोखरा । अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) पदमार्गमा अत्यधिक हिउँ परेपछि चार पर्यटक र एक नेपाली हराएका छन्।

हराउनेमा कोनाको ट्रेकिङ एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेका छन् । यस्तै, हराइरहेका पर्यटकमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा र ३८ वर्षीया चोई ह्यो वन रहेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए।

११ जनाको समूहमा रहेका कोरियालीहरु अन्नपूर्ण पदमार्गको सिगाउँबाट माथि देउराली हुँदै बेस्क्याम्पतर्फ जाने क्रममा देउराली र हिमालयबीच रहेको हिमपहिरोले बनाएको खोल्सामा उनीहरू हराएका हुन् । ११ जनामध्ये दुईजना सिगाउँसम्म गएका थिए। सिगाउँबाट माथि गएका नौजनामध्ये पाँचजना केही तल रहेको होटलमा सकुशल फर्केको र चारजना बेसक्याम्पतर्फ गएकाहरु हराएका हुन्।

सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको जनाइएको छ । यस्तै, उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको अध्यक्ष भुजेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: