
काठमाण्डौ। विवादित बनेको एमसीसी कुनै पनि हालतमा पास हुनु पर्नेमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले जाेड दिएका छन् ।
उनले एमसीसी पास भएमा नेपालले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाली प्रेस युनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले नेपाल जस्तो अल्पविकसित देशमा विदेशी सहयोग अनिवार्य रहेको भन्दै एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले ५० करोड अमेरिकी डलर सहयोग गर्ने बताए ।
उनले बाहिर हल्ला चलेजस्तो इन्डोप्यासिफिक रणनीति ‘एमसीसी’ मा नभएको समेत स्पष्ट पारे।


कमेन्ट गर्नुहोस्
