हिउँले सेताम्मे भयो सिक्लेस गाउँ, मेला प्रभावित (तस्बिरमा हेर्नुहोस)

Share:

सिक्लेस। पर्यटकीय गाउँ सिक्लेसमा जारी सिक्लेस मेला भारी हिमपातले पुनः प्रभावित भएको छ । स्थानीय सिक्लेस युवा क्लवको २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती समारोहको अवसरमा माघ १ गतेवाट संचालित मेला २ र ३ गते वर्षाले प्रभावित गरेको थियो ।

शनिवार मौसममा सुधार आई पुनः सुचारु गरेको मेलालाई दिउँसो साढे १२ बजेबाट परेको हिउँले पुनः प्रभाबित गरेको सिक्लेसवाट पत्रकार देबीजग गुरुङले जानकारी दिएका छन्। मौसम सफा भए सोमबारबाट मेला सुचारु हुने गुरुङले बताए।

उनका अनुसार दिउँसोबाट परेको हिउँले गाउँ पुरै ढाकिन लागेको छ । तर मेला भर्न र गाउँ घुम्न आउने पर्यटकहरु हिउँ खेलेर रमाइरहेका छन् । मेला स्थल मेयुचु, गाउँमाथि सिक्लेस पार्क, चायाक्वों र सिक्लेस गाउँमा नै पर्यटकहरु हिउँमा खेल्ने, सेल्फि खिच्ने, भिडियो गर्ने लगायतका कार्यहरु गरि रमाईरहेका हुन् ।

सरकारद्वारा घोषित १०० पर्यटकिय गन्तव्य सिक्लेसमा जारी मेलाको माघ १ गते पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए।  मादी गाउँपालिका वडा १ मा पर्ने सिक्लेस पोखराबाट करिव ४२ किमिको दुरीमा रहेको छ ।

तस्बिरहरु :

 

तस्बिर सौजन्य: देवीजंग गुरुङ

कमेन्ट गर्नुहोस्
Share: