राष्ट्रिय मार्शल आर्टस हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न

Share:

पोखरा । आगामी माघ ११ र १२ गते पोखरामा आयोजना हुने नेपाल मार्शल आर्टस हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको पुर्व सन्ध्यामा आयोजना गरिएको दुई दिने रेफ्री सेमिनार आज पोखरामा सम्पन्न भएको छ । संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रिय समितिको सहयोगमा भएको सेमिनार पोखरा महानगरपालिका वडा नं. १४ को वडा भवनमा सम्पन्न भएको हो ।

सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्रीहरु सहभागि भएको संघका कास्की जिल्ला अध्यक्ष मदनकुमार जिसीले जानकारी दिनुभयो । रेफ्रीहरुलाई प्रशिक्षक द्धय सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिएका थिए ।

पोखरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल मार्शल आर्टस हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकहरुको सहभागिता रहने नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

माघ ११ गते विहान ११ बजे भव्य झाँकी सहितको रयालीले नगर परिक्रमा गरेपछि पोखरा रंगशालाको कभडहलमा सेमिनारको उद्घाटन हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: