
मोरङ । मोरङको मिक्लाजुङमा आइतबार राति अज्ञात समूहले बम बिस्फोट गराएका छन्।
निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्। विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।
प्रहरीले विप्लव समूहको प्रतिबन्धित नेकपाका कार्यकर्ताले विष्फोट गराएको आशंका गरेको छ। विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।
हाल घटनास्थलमा उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेको छ।
कमेन्ट गर्नुहोस्
