
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
सोमबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ३ सयले बढेर तोलामा ७५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलामा ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार चाँदी रु ५ बढेर तोलामा ८९८ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
