आजको मौसम कस्तो रहला ?

Share:

पोखरा । आज तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको छ । तर मौसमी प्रणालीको प्रभाव भने उल्लेखनीय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: