
काठमाडौं । आज तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । यस पर्वलाई नयाँ वर्ष पर्व पनि भनिन्छ । आजदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शनका साथै विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कमेन्ट गर्नुहोस्
