सभामुख निर्वाचन आज, अग्नि सापकोटा निर्विरोध निर्विरोध चयन हुने

Share:

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ ।

सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ । सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उनी निर्विरोध हुनेछन् । तर अर्को उम्मेद्वारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया भने पुरा गर्नुपर्नेछ ।

सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् । प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वा्चित भएको औपचारिक घोषणा हुनेछ ।

यस्तै सभामुखमा उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनीविरुद्धको रिटमा आजै सुनुवाई हुँदैछ।

कमेन्ट गर्नुहोस्
Share: