
काठमाडौं : राष्ट्रिय प्रजातन्त्रका पार्टी (राप्रपा) का नेता कमल थापाले अमेरिकी विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को प्रतिरक्षा गरेका छन्। देशभर एमसीसीविरुद्ध विरोध चर्किँदै गर्दा आफूलाई राष्ट्रवादी दाबी गर्ने थापाले एमसिसीको विरोध गर्नेहरु यो कार्यान्वयनमा आएपछी नाङ्गिने तर्क गरेका हुन्।
थापाले इन्टरनेट सञ्जाल ट्वीटरमा आइतबार बिहान लगातार एमसीसीको बचाउ गर्दै लेखिरहेका छन्। उनले विगतमा चीनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईंया गरिएजस्तै अहिले एमसीसीको विरोध भइरहेको तर्क गरेका छन्।
थापाले लेखेका छन्, ‘त्यसबेला राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभाव र स्वार्थ एमसिसीमा उडेर आउँदैन, प्रायोजित भ्रमबाट देशलाई माया गर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ।’राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेको पुष्टि भएको थापाले ट्वीटरमा उल्लेख गरेका छन्।
