चुरेदेखि पहाडको डाँडासमेत नासिँदै गए- पूर्वराष्ट्रपति यादव

Share:

भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् ।

भक्तपुरको कमलविनायकस्थित भोकेसनल एकेडेमीमा रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसनको १०‌औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिँदै गएकोमा चिन्ता व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले भने, “अन्नको भण्डारका रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीका स्रोत सबै सुकिसके, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।”

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पुर्‍याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: