
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओबादीे रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी टोलीले मकवानपुर सिमा जोडिएको चन्द्रपुर नगरपालिका–३ ईपिलघारीबाट मंगलबार विहान ४ बजे उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेका छन् । पक्राउ परेकाहरुलाई आज दिउँसो सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
