प्रहरी भ्यानलाई बसले ठक्कर दिंदा, इन्स्पेक्टरसहित ६ घाइते

Share:

हेटौंडा । हेटौंडामा बसले प्रहरी भ्यानलाई ठक्कर दिंदा प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित छजना घाइते भएका छन्। काँकडभिट्टाबाट धनगढी जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले मंगलबार राति गस्तीमा रहेको ना १ झ १४१७ नम्बरको प्रहरी भ्यानलाई हेटौंडा उपमहानगरपालिका–११ राप्तीपुल नजिक ठक्कर दिएको हो ।

दुर्घटनामा परी वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीसहित चार प्रहरी र बसमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: