
पोखरा। सांसद तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाको मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन्। एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक प्रावधानका कारण पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।
शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्। सभामुख र उपसभामुख पदमा निर्वाचित भएपछि दलगत आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ।
कमेन्ट गर्नुहोस्
