लोकतन्त्रप्रतिको सरकारको निष्ठामा प्रश्न उठाइनु आपत्तिजनक- प्रधानमन्त्री ओली

Share:

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाउने गरिएको प्रति आपत्ति जनाएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न गलत रहेको बताए।

सरकारका केही कमीकमजोरी भएको स्वीकार गर्दै उनले दुई वर्षीय कार्यकालमा सरकारले संविधान कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जिकिर गरे । प्रधानमन्त्री ओलीले पार्टी एकीकरणलाई लगभग निष्कर्षम पु¥याइसकिएको पनि बताए । उनले कम्युनिस्ट पार्टीको विभाजनको समस्याको समीक्षा र अध्ययन गरेर तत्कालीन एमाले र माओवादीबीच एकीकरण गरिएको बताए ।

ओलीले मुलुकको शान्ति सुरक्षा सुदृढ बन्दै गएको दाबी गरेका छन् । उनले शान्ति सुरक्षाका दृष्टिकोणले बंगलादेश, चीन, भारत, पाकिस्तान नेपालभन्दा तल रहेका पनि बताए । उनले टावर पड्काउने, बम विष्फोट गर्ने, चन्दा अशुली गर्ने समूहलाई नियन्त्रण गरे नेपालको शान्ति सुरक्षाको अवस्था अझै मजबुत बन्ने पनि जिकिर गरे ।

कमेन्ट गर्नुहोस्
Share: