टिप्परले ठक्कर दिँदा गोरखामा एक महिलाको मृत्यु

Share:

गोरखा । गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोरखा नगरपालिका १० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यहीको क्रसरको ग१ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर ’ब्याक’ गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

टिप्परको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिप्परमा आगजनी गर्नुको साथै त्यहाँ रहेका अरु २० भन्दा बढी टिपर र छ वटा एक्साभेटरका सिसा फुटाइदिएका छन्। स्थानीय बासिन्दाले क्रसर उद्योग बन्द नगरेसम्म शव नउठाउने अडान राखेका छन्। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: